जितपुरमा दोश्रो भेट्रान कप फुटवल प्रतियोगीता हुने

246
Friendship Mobile

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ ।

कोशेली एण्ड हुलास फुटबल क्लबको आयोजनामा वडा नम्बर २ को गैरी टोलमा भेट्रान कप हुने भएको हो । गैरी टोलको खेल मैदानमा हुने फुटबल प्रतियोगिता यही मंसिर १३ गतेदेखि शुरु हुने प्रतियोगिता मुल आयोजक समारोह समितिका संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो ।

गैरी टोलको खेल मैदानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक बोम्जनले मंसिर २५ गतेसम्म खेल सञ्चालन हुने जानकारी दिनुभयो । १० वटा टिमको सहभागि हुने प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैया र उप बिजेताले २० हजार रुपैया पाउने बोम्जनले जानकारी दिनुभयो ।