भारतीय टिममाथि जरिवाना

271
Friendship Mobile

अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा निर्धारित समयभित्र ओभर पूरा नगरेका कारण भारतीय खेलाडीले खेलको २० प्रतिशत पारिश्रमिक जरिवानामा गुमाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शनिबार यो निर्णय गरेको हो । विराट कोहलीको भारतीय टिमले निर्धारित समयभित्र ५० ओभरको बलिङ पूरा गर्न सकेको थिएन ।

म्याच रेफ्री डेविड बुनले यो निर्णय गरेका हुन् । आईसीसीले भनेको छ, ‘कोहलीलाई निर्धारित समयमा सबै ओभर पूरा नगरेको आरोप लागेको छ र उनले यसलाई स्विकारेका छन् । त्यसैले यसबारे थप प्रक्रिया आवश्यक रहेन ।’ सिड्नीको क्रिकेट मैदानमै दोस्रो एकदिवसीय आइतबार हुँदै छ । पहिलोमा अस्ट्रेलिया ६६ रनले विजयी भएको थियो । कान्तिपुर समाचारबाट…