निजगढ नगर प्रमुख खनालले गरे १५ शैयाको अस्पताल भवन निर्माणको उद्घाटन, समयमै निर्माण सम्पन्न हुने बिश्वास

339
Friendship Mobile

बाराको निजगढमा सोमबार १५ शैयाको अस्पताल निर्माणको उद्घाटन गरिएको छ ।

१५ मंसिर २०७७ मा देशको ३९६ पालिकामा अस्पताल र ७ वटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास भईरहेको छ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले सोमबार एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैयाको अस्पताल बन्ने जनाएको छ । सोही योजना अनुसार निजगढ नगरपालीका वडा नम्बर ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्दै अस्पताल निर्माण गर्ने उद्दश्यले १५ शैयाको अस्पताल भवनको शिलान्यास गरिएको हो ।

बिहान एक कार्यमक्रमका बिच निजगढ नगरपालीकाका प्रमुख सुरेश कुमार खनाल, उप–प्रमुख लिलादेवि लामिछाने खनाल, प्रसासकिय अधिकृत रबिन घिमिरे, वडा नम्बर ९ का वडाध्यक्ष सुदर्शन बडाल सँगै नेकपाका थानेश्वर साप्कोटा, नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि पेमा लामा, राप्रपाका नगर सभापती खड्ग प्रसाद उप्रेती सहित नगरपालीकाका कर्मचारि तथा स्थानियहरुको उपस्थिती रहेको थियो । १८ करोड बजेटको लगानीमा २ बर्षमा निर्माण सम्पन्न गर्ने गरि भवनको शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नगरप्रमुख खनालले निजगढ नगरपालीका कोरोना महामारि नियन्त्रणमा बारा जिल्लामै उत्कृष्ट भएको भन्दै अस्पताल निर्माण कार्य पनी निर्धारित समयमै सम्पन्न गर्ने र उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्नेमा बिश्वास ब्यक्त गर्नुभयो ।