अब सबै एकल महिलाले समाजिक सुरक्षा भत्ता पाउने

251
Friendship Mobile

अब सबै एकल महिलाले समाजिक सुरक्षा भत्ता पाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७७’ जारी गरेपछि सबै एकल महिलाले भत्ता पाउने बाटो खुलेको हो ।

समाजिक सुरक्षा (पहिलो संसोधन) अध्यादेशमा सरकारले सबै एकल महिला (सरकारले तोकेको परिभाषाभित्र पर्ने) ले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गरेको छ । यअसघि ६० वर्ष पुगेका एकल महिलाले मात्र समाजिक सुरक्षा भत्ता पाउने व्यवस्था थियो ।

। यस्तै उक्त अध्यादेशमा अतिअशक्त अपांगले सामाजिक सुरक्षा भत्ता नपाउने साविकको व्यवस्था संशोधन गरी अतिअशक्त अपांगलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस्तै नेपाल सरकारबाहेक अन्य निकायबाट निवृत्तिभरण पाउने भए उनीहरूका लागि पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उल्लेख छ। यसबाट बेलायती र भारतीय सेनाबाट निवृत्त भएका व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।