‘बलात्कारीलाई फाँसी दे, महिला हिंसा बन्द गर’ भन्दै महिला संगठनले गर्‍यो बिरोध र्‍याली

226
Friendship Mobile

राैतहट जिल्लाकाे सदरमुकाम गाैरमा महिलाहरूले र्‍याली निकालेकाे छन् । “लैंगिक हिंसा अन्त्यकाे प्रतिबद्धता “व्यक्ति समाज र सबैको एक्यबद्धता” मूल नारा को साथ माहिला हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेकाे छ । साे अन्तर्गत आइतबार रौतहटको गौरमा र्‍याली सम्पन्न भएकाे छ ।

नारी चेतना महिला कृषक सहकारी संस्था लिमिटेड गौर ५ , नेपाल पिछडा महासंघ र अन्तर पार्टी माहिला सञ्जाल को आयोजनामा र्‍याली भएको थियोे । र्‍याली गौरको बिपी चोकबाट सुरु भएर जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पुगी कोणसभामा परिणत भएकाे थियो । र्‍यालिमा सहभागि महिलाहरूले ‘बलात्कारीलाई फाँसी दे, महिला हिंसा बन्द गर’ लगाएतका नारा लगाएका थिए ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर १५ देखी डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ । याे अवधिमा राैतहटमा पनि विभिन्न कार्यक्रमहरु भईरहेका छन ।