नरेन्द्र मोदीलाई ‘हत्यारा’ भन्दै लण्डनमा प्रदर्शन

328
Friendship Mobile

भारत सरकारले ल्याएको नयाँ कृषि कानुनको विरोधमा उत्रिएका भारतीय किसानहरुप्रति ऐक्यबद्धता जनाउँदै मध्य लण्डनमा ठूलो संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् । आइतबार लण्डनको भारतीय हाइ कमिशनअगाडि प्रदर्शनमा उत्रिएका उनीहरुलाई पुलिसले कोरोनाभाइरससम्बन्धी नियम उल्लंघन गरेको अभियोगका सजाय हुन सक्ने चेतावनी दिँदै प्रदर्शनकारीलाई फर्किन आग्रह गरेको थियो । डेलीमेलका अनुसार एक जनालाई पक्राउ समेत गरिएको छ ।

शिख युके फेडरेशनले प्रदर्शनको भिडियो ट्वीट गरेको छ । भिडियोमा ठूलो संख्यामा मानिसहरु इण्डियन हाइ कमिशनअगाडि झण्डा लिएर नाराबाजी गरिरहेका देखिएका छन् । प्रदर्शनकारीहरुले भारतीय किसानको समर्थनमा प्लेकार्डहरु बोकेका थिए । उनहिरुले भारतीय प्रधानमन्त्रीले भारतीय किसानहरुलाई बेचेको आरोप समेत लगाएका थिए । हजारौं भारतीय किसानहरुले भारत सरकारले ल्याएको नयाँ कृषि कानुन फिर्ता लिन माग गर्दै दिल्लीमा प्रदर्शन सुरु गरेपछि यसको प्रभाव लण्डनसम्म पुगेको हो । DCNepal.com