तराईमा चिसो बढ्यो, बिपन्न परिवारलाई जाडोमा ज्यान जोगाउनै मुस्किल

415
Friendship Mobile
  • क्षितिज विश्वकर्मा/कटहरिया, रौतहट ।

रौतहट सहित देशैभरि चिसो बढ्न थालेको छ । दिउँसो घाम लागेपनी बिहान र बेलुका चिसो बढेपछि तराईका बिपन्न परिवार समस्यामा पर्न थालीसकेका छन । हरेक बर्षको जाडो बिपन्न परिवारको लागी पिडादायी हुने गरेको छ ।

जाडो मौसम सुरु भएसँगै तराईका बस्तिहरुमा घुर बालेर ताप्नेको संख्या बढिरहेको छ । जाडोमा तराईका बिपन्न परिवारका ब्यक्तिहरु चिसोले कठ्यांग्रीएर त ज्यान गुमाउँछन नैे कतिपयले भने ताप्नका लागी बालेको आगोले जलेर पनी ज्यान गुमाउनु पर्छ । यतिबेला रौतहटको कटहरिया नगरपालीका सहितका तराईका बिभिन्न बस्तिहरुमा ज्यान तताउन घुर बालेर ताप्नेको लहर देखिन्छ । कतिपय अबस्थामा ताप्नलाई बालेको आगोबाट आगलागी भएर भौतिक क्षति समेत हुने गरेको छ ।

चुनावका बेला अनेक नारा लिएर आउने नेताहरु जाडोमा न्यानो कपडा बोकेर आएदेखि आफुहरुको जिवन रक्षा हुने थियो भन्दै कटहरियाका एक घुर तापिरहेका बृद्ध भन्छन ‘अनेक जालझेल गरेर भर्खर बजेट पास गराएका नेताहरुको ध्यान गरिव परिवारमा पुग्ने त कुरै भएन ।’ देशमा ३ तहको सरकार बनेपछि स्थानिय सरकारसँग निकै आसाबादि बनेका यहाँका गरिव जनता, नेता तथा सरकारमा बसेकाहरुले आफन्त हेरेर गर्ने ब्यबहारले आजित बनेका छन । सानो सानो कुरामा पनी राजनिती मिसाएर हरेक जनतालाई समान ब्यबहार गर्न नसक्नु अहिलेको नेतृत्वको कमजोरि रहेको श्रोत बताउँछ ।

बिहान बेलुका हात मुख जोर्न पनी धौ धौ पर्ने यहाँका जनता लामो समयको लकडाउनले मारमा छन । ओत लाग्ने राम्रो छानो समेत नभएका बिपन्न परिवार यो जाडोमा कतैबाट न्यानो सहयोग पाईएला की भनेर आस गरिरहेका छन । कतिपयले यो जाडोलाई आफ्नो क्षेत्रका बिपन्न परिवारलाई सहयोग गरि पुण्य कमाउनुका साथै मन जित्ने अवशरको रुपमा पनी बुझेका छन ।

स्थानिय जनप्रतिनिधिले यो अवशरलाई सहि ढंगले सदुपयोग गर्नु आवश्यक देखिएको छ ।।