सरकारको बिरोधमा सोमबार रौतहटका शिक्षकहरुले पनि आन्दोलन गर्ने

498
Friendship Mobile

बर्तमान सरकारको रबैया प्रती असन्तुष्टि जनाउँदै रौतहटमा शिक्षकहरुले कांग्रेसको आन्दोलनमा ऐक्यबद्धता जनाउने भएका छ्न ।

आईतवार जिल्लाको फतुवा बिजयपुरस्थित मा.बि.बिजयपुरको प्राङ्गणमा भेला भएका शिक्षकहरुले भोलि (मंसिर २९ गते) सदरमुकाम गौरमा हुने कांग्रेसको सरकार बिरोधि आन्दोलनमा सहभागी हुने निर्णय गरेका हुन । संबिधानसभा सदस्य एवं कांग्रेसका जुझारु युवा नेता सुनिल कुमार यादव ‘जितेन्द्र’को विशेष उपस्थितिमा भेला भएका शिक्षकहरुले भोलि गौरमा गएर आन्दोलनमा सरिक हुने निर्णय गरेका छन ।

बैंठकमा शिक्षक संघ प्रदेश २ का बरिस्ठ उपाध्यक्ष राम मंगल प्रसाद यादव, जिल्ला अध्यक्ष राम कृपाल प्रसाद यादव, मा.बि.बिजयपुरका बरिस्ठ शिक्षक सुदामा राय यादव, बिजय कुशवाह, रन्जन खरेल, बुनिलाल प्रसाद यादव, चन्द्रावती न्यौपाने सहितका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

बैठकमा उपस्थित ब्यक्तिहरुले हालको नेकपा सरकारले कुनै रचनात्मक तथा देश र जनताको हितमा काम गर्न नसकेको, भ्रष्टाचारमा लिप्त भएको भन्दै निकम्मा सरकार प्रती देशका बुद्धिजीवी बर्ग नै आजित भएको उल्लेख गरेका छन ।

कांग्रेसले आफ्नो पार्टीको बरिस्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ स्थित एक पुल उद्घाटन गर्न गएको बेला प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको बिरोधमा तथा नेकपा सरकारको काम कर्तव्य प्रती व्यग्र असन्तुष्टि जनाउँदै यहि मंसिर २९ गते सोमबार देशै भरी बिरोध प्रदर्शन गर्दै छ । गौरमा पनि सरकारको बिरोधमा ठुलो संख्यामा नेता कार्यकर्ता उतार्ने कांग्रेस रौतहटको तयारी छ ।