लालबन्दीबाट करदाता सेवा कार्यालयको सेवा सुरु, ब्यवसायी हर्षित

627
Friendship Mobile

सर्लाहीको लालबन्दीमा करदाता सेवा कार्यालय सुभारम्भ भएको छ । उद्योग वाणिज्य संघ लालबन्दीको बिशेष पहलमा बिहिवार एक कार्यक्रमका बिच लालबन्दीमा सेवा कार्यालयको सुभारम्भ गरिएको हो ।

मन्त्रिपरिषदको २०७६ पुस २१ गतेको निर्णय अनुसार लालबन्दीमा करदाता सेवा कार्यालय स्थापना भएको हो । कार्यालय स्थापना भएपछि लालबन्दी सहित आसपासका हरिवन, हरिपुर, ईश्वरपुर, बागमती र बरहथवाका ब्यवसायीलाई समेत लाभ पुग्ने छ । बिहिवारबाट सुभारम्भ भएको करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख हुमलाल भट्टराईका अनुसार लालबन्दी सेवा कार्यालयबाट आसपासका कर कार्यालयसँग आवद्ध ९ हजार ५ सय सेवाग्राही तत्काल लाभान्वित हुने छन् । लालबन्दी सेवा कार्यालयबाट स्थाई लेखा नम्बर बितरण, कर चुक्ता, बिवरण भेरिफाई लगाएतका कामहरु हुने छन् ।

आन्तरिक राजश्व कार्यालय जनकपुर अन्तर्गत रहेका पाँचवटा सेवा कार्यालय मध्येको एक लालबन्दीको सेवा कार्यालय हो । कार्यालय उद्घाटन सेवा सुभारम्भ कार्यक्रममा आन्तरिक राजश्व कार्यालय जनकपुरका प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादव, करदाता सेवा कार्यलय मलंगवाका प्रमुख बालकृष्ण कट्टेल, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशि सहित स्थानिय उद्योगी व्यापारी तथा लेखा परिक्षकहरुको उपस्थिती रहेको थियो ।

सेवा कार्यालय सुभारम्भ भएको अवशरमा लालबन्दीका विवेक तिमल्सिनालाई पहिलो ब्यक्तिगत स्थाई लेखा नम्बर (PAN) र ईश्वरपुरका एक ब्यक्तिलाई ब्यवसाय दर्ता प्रमाणपत्र (PAN) नम्बर प्रदान गरिएको थियो ।

लालबन्दीमा नयाँ कार्यालय स्थापना भएपछि उत्तरी क्षेत्रका उद्योगी व्यापारी एवं कर कार्यालयसँग सरोकार राख्ने सेवाग्राहीलाई थप सहज हुने बिश्वास लिईएको छ ।