कटहरियामा नवनिर्मित स्वास्थ्य चौकी तथा नागरिक आरोग्य सेवा केन्द्र उद्घाटन गरियो

272
Friendship Mobile

रौतहटको कटहरियामा शुक्रवार नवनिर्मित स्वास्थ्य चौकी तथा नागरिक आरोग्य सेवा केन्द्रको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता चन्दन कुमार कुशवाहको सभापतित्वमा स्वास्थ्य चौकी तथा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरिएको हो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको ५२ लाख बजेटमा एक आर्थीक बर्ष भित्रै स्वास्थ्य चौकी तथा सेवा केन्द्रको निर्माण कार्य सम्पन्न भएको नगरप्रमुख शियाराम कुशवाहले जानकारि दिनुभयो । नागरिकको आरोग्यताका लागी कोरोना माहामारिका बिच पनी अहोरात्र खटिएर अस्पताल निर्माण कार्य सम्पन्न गरिएको श्रोतले बताएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन प्रसाद कुशवाहको प्रमुख आतिथ्यता रहेको थियो भने कटहरिया नगरपालीका कुशवाह र मौलापुर नगर प्रमुख एवं प्रदेश २ कै एकमात्र नगरप्रमुख रिना साह, नेकपा कटहरिया नगर अध्यक्ष योगेन्द्र साह, कार्यपालीका सदस्य रामप्रवेस साह, न्यायीक समितीका सोनेलाल साह, दिनकर महतो, नेकपाका युवा नेता तथा समाजसेवी नसरुदीन अंसारी, वडाध्यक्षहरु राजकुमार साह, ७ का वडाध्यक्ष हरिभजन साह, उमाबि कटहरियाका प्रधानाध्यापक योगेन्द्र प्रसाद कुशवाह, माबि बगहिका भुपेन्द्र पण्डित, ईलाका प्रहरि कार्यालय कटहरियाका सई लतिफ अन्सारि, हेल्थपोस्ट प्रमुख डा. यसु मल्ल लगाएत स्थानिय उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका बक्ताहरुले नगरभित्र स्थापना भएको सुबिधासम्पन्न स्वास्थ्य चौकी तथा आरोग्य सेवा केन्द्रले यस क्षेत्रका बासिन्दालाई लाभ पुग्ने बताएका थिए ।

शुक्रबार नै नगरपालीकाको वडा नम्बर ५ मा ३ महिनामा निर्माण सम्पन्न गर्ने गरि सुबिधा सम्पन्न बर्थिङ सेन्टरको शिलान्यास गरिएको छ ।