रौतहटको कटहरिया ५ मा बन्ने भयो बर्थिङ सेन्टर, नगरप्रमुख कुशवाहले गरे शिलान्यास

326
Friendship Mobile

रौतहटको कटहरिया नगरपालीका वडा नम्बर ५ मा शुक्रवार बर्थिङ सेन्टरको शिलान्यास गरिएको छ । वडाध्यक्ष सर्फलाल प्रसाद गुप्ताको अध्यक्षता एवं नगर प्रमुख सियाराम कुशवाहको प्रमुख आतिथ्यतामा भएको एक औपचारिक समारोहका बिच नगर प्रमुख कुशवाहले बर्थिङ सेन्टरको नयाँ बन्ने भवनको जगमा ईट्टा राखेर शिलान्यास गरेका हुन ।

ADRA-Nepal को आर्थिक सहयोग तथा बागमति सेवा समाजको प्राबिधिक सहयोगमा संचालन भईरहेको Health System Strengthening परियोजना अन्तर्गत सम्झौता भई ३ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा बर्थिङ सेन्टरको शिलान्यास भएको हो ।

बर्थिङ सेन्टर निर्माणको लागी जम्मा लागत २३ लाख ७३ हजार ४२३ मध्ये नगरपालीकाले ९ लाख ८० हजार ३० रुपैँया ब्यहोर्ने छ ।

नगरमै स्तरिय बर्थिङ सेन्टर नहुँदा यहाँका महिलाहरु सुरक्षित प्रसुती गराउन जिल्ला बाहिरका महंगा अस्पतालहरुमा पुग्ने गरेका छन । वडामा बर्थिङ सेन्टरको निर्माण पश्चात नगर तथा आसपासका महिलाहरुका लागी सुबिधा पुग्नोमा नगरप्रमुख कुशवाहको बिश्वास छ ।

बर्थिङ सेन्टर शिलान्यास समारोहमा नगरप्रमुख कुशवाह, वडाध्यक्ष गुप्ता सँगै स्वास्थ्य शाखाका हरिनारायण साह, नगर कर्मचारि छोटेलाल मिश्र, नगरसंयोजक जोगीन्दर साह, डा.यशु मल्ल, कार्यपालीका सदस्य राम प्रवेश साह सोनार, हेल्थ असिस्टेन्ट सन्तोष कुमार साह, अनमी रिता कुमारि साह, बिजय यादव, नगर सचिवालयका महेस प्रसाद यादव, अहेवद्वय बिनोद गुप्ता र मदन प्रसाद यादव, नगरपालीकाकी महिला सदस्य कौशिला देवी, नगर निर्माण समितीका नरेश साह लगाएतको उपस्थिती रहेको थियो ।