तराईको शितलहरबाट प्रभावितलाई केन्द्रीय विपद् व्यवस्थापन समितिले १५ लाखसम्म राहत उपलब्ध गराउने

423
Friendship Mobile

शीतलहर, हिमपात तथा चिसोको जोखिम र प्रभाव न्यूनीकरण गर्न केन्द्रीय विपद् व्यवस्थापन समितिले यस वर्ष जिल्लामा तत्कालका लागि रु पाँचदेखि रु १५ लाखसम्म राहत रकम उपलब्ध गराउने भएको छ ।

माग भएमा प्रभावित जिल्लाअनुसार उक्त रकम उपलब्ध हुने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तराईका र बढी प्रभावित ११ जिल्लास्थित विपद् व्यवस्थापन कोषमा रु १५ लाखसम्म उपलब्ध गराइनेछ । त्यसरी रकम प्राप्त गर्ने जिल्लामा बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सुनसरी, सप्तरी, सिरहा, नवलपरासी र कपिलवस्तु रहेका छन् ।

बाँकी तराईका अन्य जिल्ला र भित्री मधेशका ११ जिल्लामा रु १० लाखका दरले रकम उपलब्ध हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार २१ हिमाली जिल्लाका लागि रु सात लाख र बाँकी ३४ पहाडी जिल्लाका लागि रु पाँच लाखका दरले रकम उपलब्ध गराइने उनले जानकारी दिनुभयो ।