ऊर्जामन्त्री पुनले छाडे गाडी र सरकारी निवास

372
Friendship Mobile

ऊर्जामन्त्री वर्षमान पुनले सरकारी निवास र गाडी छाडेर आफ्नै निवास फर्किएका छन् । आज मन्त्री पुनले प्रधानमन्त्रीको संसद् विघटन गर्ने निर्णयमा असहमति जनाउँदै राजीनामा दिएका थिए ।

लगत्तै उनले मन्त्रीका रुपमा चढिरहेको सरकारी गाडी र बस्दै आएको सरकारी निवास छाडेका हुन् । आइतबार पुनसहित सात मन्‍त्रीले सामूहिक राजीनामा दिएका थिए ।