भन्सार तिरेपछि एक महिना मात्र सञ्चालन गर्न पाईने भारतिय सवारि निर्वाध रुपमा नेपाल प्रवेश गरि अपराध गर्दै भाग्दै

467
Friendship Mobile

सर्लाही तथा रौतहट जिल्लाको पश्चिमी क्षेत्रमा पछिल्लो समयमा भारतीय नम्बरका सवारी साधनको प्रयोग व्यापकरूपमा बढेको छ ।

भारतको विहार राज्यसँग सिमाना जोडिएका प्रदेश नं २ का अधिकांश जिल्लामा खुलेआम भारतीय सवारी साधनको प्रयोग बढेको छ । भारतीय सवारी साधनले भन्सारसमेत नबुझाई नेपाली सडकमा खुलेआम बर्चश्व जमाइरहेको पाइएको छ । भारतीय सवारी साधन सडकमा बर्चश्व जमाइरहेको भए पनि सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीय सर्वसाधारणको आरोप छ ।

सिमानामा २४ सै घण्टा रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि यस्ता सवारी साधनलाई ध्यान नदिँदा नेपाल प्रवेश गरेपछि भारतीय सवारी साधनको दादागिरी नेपाली बजारमा बढ्ने गरेको छ भने दिनदहाडै बिभिन्न आपराधिक कृयाकलाप पनी भईरहेका छन । बिना रोकटोक नेपाल प्रवेश गरेका भारतीय सवारीको प्रयोगले नेपाली भूमिमा आपराधिक गतिविधि हुनुका साथै तीव्रगतिमा सञ्चालन हुने यस्ता सवारी साधनका कारण दुर्घटनासमेत बढेको र बेथिति बढ्ने गरेको ट्राफिक प्रहरिको भनाई छ ।

सरकारको आर्थिक प्रतिवेदनमा भारतीय सवारी साधनलाई आवश्यक भन्सार तिरेपछि एक महिनाका लागि नेपालभर सञ्चालन गर्न पाउने व्यवस्था भए पनि प्रदेश नं २ का अधिकांश नागरिकको घरघरमै भारतीय नम्बरका सवारी साधन रहेको पाइएको छ । प्रदेश नं २ का अधिकांश नागरिकको छिमेकी देश भारतसँग कुनै न कुनै रूपमा सम्बन्ध रहेको र उतैबाट खरिद गरी नेपालमा ल्याएर निर्वाधरूपमा सञ्चालन गर्ने गरिएको छ ।

भारतबाट भित्रिने भारतीय सवारी साधनको भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयसँग कुनै तथ्याङ्क वा विवरण नहुँदा दुर्घटना हुँदासमेत भारतीय सवारी साधन फरार हुने र प्रहरीले फेला पार्न नसक्ने अवस्था रहेको भन्दै जिल्लावासीले गुनासो गर्ने गरेका छन् । यसरी नियमविपरीत सञ्चालित भारतीय सवारी साधनलाई कानूनबमोजिम कारवाही हुनुपर्ने स्थानीयवासीको माग छ ।

जिल्लामा कतिपय सरकारि कार्यालयका कर्मचारि, प्रायः पत्रकार तथा जनप्रतिनिधिहरुले निर्वाध रुपमा भारतिय सवारि साधन प्रयोग गरिरहेका छन ।