संसद विघटनले किसानलाई डुबायो नेता चौरसिया

297
Friendship Mobile

राधेश्याम प्रसाद कुशवाहा, चन्द्रनगर /नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री अजय चौरसियाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेपालमा रहेका किसानहरुलाई ऋणमा डुबाएको बताएका छन ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ मा कोरोना तथा जाडो बाट प्रभावित दलित परिवारलाई राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै चौरसियाले सो कुरा बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रिय सदस्य चौरसियाले संसद विघटनले सरकारको सम्बन्ध जनता तथा किसान सँग टुटेको र विभिन्न बैंकबाट किसानहरुले ऋण लिएकोले ऋण लिएका सबै किसानलाई नेकपा सरकारले डुबाएको उनको जिकिर छ ।

दुई तिहाइको सरकारले गरिबको हक हितको बारेमा नसोँचेको, कोरोनाबाट पिडित मानिहरुलाई व्यवस्थित नगरेको, लोकतन्त्रको मान्यताहरुलाई कमजोर गरेको, नागरिकको मर्म विपरीत काम गरेको नेपाली काग्रेसका केन्द्रिय सदस्य चौरसियाले बताए । अर्को प्रसंगमा बोल्दै केन्द्रिय सदस्य चौरसियाले नेकपा सरकारको ध्यान जनता तथा किसानमा नगई भ्रष्टाचार कसरी हुन्छ भन्ने तर्फ मात्र गएको र नेकपाको आन्तरीक कलहमा गएको बताए ।

वरिष्ट पत्रकार चन्द्रकिशोर झाको पहलमा अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपाल अष्ट्रेलिया प्रजातन्त्रिक मंच द्धारा तराईका चमार, दुषाद, मुसहर लगायतका अति बिपन्न १ सय २५ दलित परिवारलाई राहत सामाग्री बितरण गरिएको छ । राहत स्वरुप २० किलो चामल, दाल २ किलो, खाने तेल आधा लिटर, नुन, नुहाउने साबुन लगायतका सामग्री वितरण गरिएको थियो ।

नेपाली काँगे्रसको तर्फबाट चन्द्रनगर गाउँपालिका उपाध्यक्षकी प्रत्यासी एवं वडा सभापति शान्तिदेवी साहको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री अजय चौरसियाको प्रमुख आतिथ्यतामा आयोजित राहत वितरण कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, कांगे्रसका महाधिवेशन प्रतिनिधि अशोक कुमार गुप्ता, महाधिवेशन प्रतिनिधि सोनेलाल साह, प्रदेश सभा सदस्यका प्रत्यासी सेख सहदुल्ला, प्रदेशका क्षेत्रीय सभापति अनिल कर्ण, वडा नं. २ का वडा सभापति मक्सुद आलम लगायतको उपस्थिति थियो ।