देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली


प्रतिनिधिसभा विघटन भएकाे विषम परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले साेमबार अपराह्न ३ बजे सरकारी टेलिभिजनमार्फत् देशवासीकाे नाममा सम्बोधन गर्न लाग्नुभएकाे हाे ।
संघीय संसद विघटन गरेर २०७८ काे वैशाखमा निर्वाचन घोषणा गर्नुभएका प्रधानमन्त्रीले संसद विघटन गर्नुकाे कारणबारे जनतासामु प्रस्ट पार्न देशवासीका नाममा सम्बाेधन गर्न लाग्नुभएकाे हाे ।
प्रधानमन्त्री ओलीले सोमबार बिहानैदेखि आफूनिकट सांसदहरूलाइ बालुवाटारमा भेला गराएर छलफल गरिरहनुभएकाे छ।