लालबन्दीको ५ नम्बर वडाका अध्यक्ष भण्डारिले १०० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्दै

673
Friendship Mobile

सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर ५ ले आईतवार र सोमवार गरि ५० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाध्यक्ष मोहन भण्डारिका अनुसार वडाका करिव १०० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्ने योजना अनुरुप सोमवार सम्म ५० जनालाई सम्मान गरि सकिएको हो ।

वडा कार्यालयले छुट्याएको १ लाख बजेटबाट ज्येष्ठ नागरिकलाई १ किलो हर्लिक्स सहित दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम रहेको वडाध्यक्ष भण्डारिले बताए । सोमवार वडाको शान्तीटोल र रञ्जितपुरमा छुट्टा छुट्टै कार्यक्रम गरिएको छ ।

वडाध्यक्ष भण्डारिको संयोजकत्वमा वडासदस्य, स्थानिय भद्रभलादमि लगाएतको उपस्थितीमा ज्येष्ठ नागरिकलाई हर्लिक्स र दोसल्ला सहित सम्मान कार्यक्रम गरिएको हो ।

वडामा रहेका ७५ बर्ष भन्दा माथी उमेरका ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम राखिएको वडाध्यक्ष भण्डारिले लिड न्युज नेपाललाई जानकारि दिए ।