सर्लाहीमा ओलीको कदमको समर्थनमा प्रदर्शन

1,520
Friendship Mobile

प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपती बिद्यादेवी भण्डारिले गरेको संसद बिघटनको बिरोधमा देशभर प्रदर्शन भईरहँदा सर्लाहीमा भने ओलीको समर्थनमा प्रदर्शन भएको छ । सोमवार जिल्लाका बिभिन्न ठाउँमा युवाहरुले ओलीको कमदको समर्थनमा प्रदर्शन गरेका हुन ।

तत्कालीन एमाले निकटका युवाहरुले सरकारलाई काम गर्न नदिएर घेरामा पार्न खोजेपछि प्रधानमन्त्रीले बाध्य भएर संसद बिघटन गरि चुनावको मिती घोषणा गर्नु परेको बताए । ‘५ बर्षको म्याण्डेड पाएर चुनिएको दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्रीलाई आफु अनुसार चलाउन खोजेर देशको हितमा काम गर्न दिईएन’, मलंगवाका समिमबावु पठानले भने ‘यो सबै बाहिरि शक्तिको चलखेलको आधारमा प्रधानमन्त्री ओलीलाई चेपुवामा पार्न रचिएको प्रपन्च थियो ।’

अनेरास्ववियु सम्बद्ध युवाहरुले आफ्नो निजि स्वार्थ परिपुर्तिका लागि देशलाई अस्थिरता तिर धकाल्ने प्रवृत्ति गलत रहेको भन्दै जनताको सरकार जिन्दवाद, भारतिय गोट्टिहरु होसियार, राजनेता केपि ओली जिन्दवाद, मध्यावधि चुनाव गर्ने निर्णय स्वागतयोग्य छ, जनताको बहुदलीय जनवाद जिन्दवाद लगाएतका नारा लगाएर प्रदर्शन गरेका थिए ।