श्रीमान श्रीमतीको असल सम्बन्धका लागी निम्न कुराहरुमा ध्यान दिनुहोस्

334
Friendship Mobile

सुन्दा अचम्म लाग्न सक्छ, श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता नहुँदा जोडिबीच सानो तिनो झगडा, मनमुटाव हुने कारण बन्छ । आपसमा अशिष्ट भाषाको प्रयोग गर्नाले अन्जानमा एकअर्कालाई अपमानित गरिरहेका हुन्छन् । यस्तोमा केहि कुराको ख्याल राख्नुपर्छ, जसले सम्बन्ध बलियो मात्र हुँदैन् एकअर्काबीच सम्मान र प्रेम पनि बढ्छ ।


एकअर्काको कुरामा ध्यान नदिने र नसुने जस्तो गर्नु नराम्रो बानी हो । एकअर्काको कुरा ध्यान नदिनु भनेको वास्ता नहुनु हो । यसबाट बच्नुहोस् ।

हरेक कुराको टिकाटिप्पणी गर्नाले पनि बिस्तारै सम्बन्धमा तनाव उत्पन्न हुन सक्छ । कुनै कुरा प्रति असहमति भए मायाले पनि भन्न सकिन्छ ।

एकअर्काबीच कुरा हुँदा राम्रो शब्दको चयन गर्न जरुरी हुन्छ । सरी, थ्याङ्क्यु, प्लिज जस्ता ‘म्याजिक वर्ड’ प्रयोग गर्नाले गुड म्यानर भएको मात्र दर्शाउँदैन् सम्बन्ध बलियो पनि बन्छ ।
घरमा कोहि पाहुना वा आफन्त भए उनीहरुको अगाडि आपसी व्यवहारमा सहजता र प्रेम झल्कनु जरुरी हुन्छ ।

चिड्याउने नगर्नुहोस्, कहिलेकाहि ठट्टा गर्नु अलग कुरा हो तर ठट्टाको बाहनामा अपमान गर्नाले आत्मसम्मानमा ठेस पुग्न सक्छ ।

एकअर्काको परिवारको बारेमा केहि गलत कुरा नगर्नुस् । उनीहरुको सम्मान गर्न सिकौं । तब मात्र श्रीमान श्रीमतीबीचको सम्बन्धमा पनि सम्मान हुन्छ ।

रिसाएको बेला केहि बोल्नबाट बच्नुहोस् । यस्तो बेला जे पनि बोल्न सकिन्छ । त्यसैले शान्त भएपछि मात्र कुरा गर्नुस ।

जति सक्नुहुन्छ बहस गर्नबाट बच्नुहोस् । बहस धेरै हुँदा अशिष्ट र असभ्य भाषा बोलिन्छ । रिसको झोँकमा बोलेको अपशब्दले भावी जीवनमा पर्न जान्छ ।

बदलाको भाव मनमा नराख्नुहोस् । पुरानो कुरा, भइसकेको कुरालाई लिएर बदलाको भावना नराख्नुहोस् । जुन सम्बन्धमा प्रेम, बिश्वास र सम्मान हुन्छ त्यहाँ बदलाको भाव हुनुहुँदैन् ।


खानेबेलामा गफ नगर्नुहोस् । विस्तारै खाना चपाउँदै खानुहोस् । राम्रो मुड बनाएर खानुहोस् । खानेबेलामा गम्भिर र विवादास्पद मुद्दामा बहस नगर्नुहोस् ।

मोबाइल म्यानरको पनि ख्याल राख्नुहोस् । विनाकारण एकअर्काको मेल वा म्यासेज चेक नगर्नुहोस् । फोन गर्दा ठूलोठूलो आवाजमा कुरा नगर्नुहोस् । एकअर्काको अनुमती विना व्यक्तिगत सामान नचलाइदिनुहोस् ।

समयको महत्व पनि बुझ्नुपर्छ । एकअर्कालाई धेरै कुराउनु पनि राम्रो होइन् । आपसमा सेयरिङ र केयरिङको भावना हुनु जरुरी हुन्छ ।

एकअर्कालाई सपोर्ट गर्नुहोस् । इष्र्याको भावना नराख्नुहोस् । एकको सफलता दुबैको सफलता हो । त्यसैले बधाई दिने र सेलिब्रेट गर्ने गर्नुपर्छ । एकअर्काको तारिफ गर्नुहोस् । कहिलेकाँही सरप्राइज पनि दिनुहोस् ।