परवानीपुरमा निशुल्क आँखा शिबिर सम्पन्न, १२५ जनाले आँखा जँचाए

483
Friendship Mobile

सर्लाहीको परवानीपुरमा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ । लालबन्दी नगरपालीका वडा नम्बर १५ र १६ को संयुक्त आयोजनामा मंगलवार परवानीपुर स्थित प्राथमिक स्वास्थ्य चौकीको प्रांगणमा आँखा शिबिर सम्पन्न भएको हो ।

‘डाक फाउण्डेसन एण्ड पिएफई’ को ब्यवस्थापनमा बर्दिवास आँखा अस्पतालको सहयोग तथा प्राथमिक स्वास्थ्य चौकी परवानीपुरको समन्वयमा भएको शिबिरमा १२५ जनाले आफ्नो आँखा जाँच गराएका छन । आँखा जाँच गराएका मध्ये २० जनाको आँखामा अप्रेशन गर्नुपर्ने समस्या देखिएको र उनिहरुको आगामि शुक्रवार बर्दिवास आँखा अस्पतालमा निशुल्क अप्रेशन गरिने स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट हृदेश यादवले बताए ।

परवानीपुरमा आँखा शिबिरको आयोजना भए पछि ग्रामिण भेगका आँखाका बिरामिहरुलाई सहयोग पुगेको श्रोत बताउँछ । चुरेसम्म फैलीएको उक्त वडाहरुमा भौगोलीक बिकटताका कारण सबै ठाउँका ब्यक्तिहरुले सहज रुपमा स्वास्थ्य सेवा लिन पाईरहेका छैनन् ।

यसैबिच भौगोलीक बिकटता र आधारभुत स्वास्थ्य सेवा पाउने आम नागरिकको अधिकार प्रत्याभुतका लागी परवानीपुर स्वास्थ्य चौकीले प्रयास गरिरहेको स्वास्थ्य चौकी प्रमुख एवं जनस्वास्थ्य निरिक्षक हिमांसु शेखर कर्णले बताएका छन । सोहि अनुरुप पछिल्लो समय स्वास्थ्य चौकीले बिभिन्न स्वास्थ्य गतिबिधिहरु गरिरहेको प्रमुख कर्णको भनाई छ ।

सोमबार मात्रै पनी वडा नम्बर १५ को सिन्धुली सिमा नजिकको बिकट बस्ति सिरकालीञ्जोरमा लामो अवधिको जन्मान्तरका लागी सेटलाईन सेवा नामक क्याम्प चलाईएको छ । ग्रामिण भेगका नागरिकले जन्मान्तर कायम राख्नका लागी अवलम्बन गरिने उपाएहरु सम्म सहज पहुँच नपाएपछि लालबन्दी नगरपालीकाको आयोजनामा सेटलाईट सेवा प्रदान गरिएको स्वास्थ्य चौकी परवानीपुरले जनाएको छ ।

जन्मान्तर कायम राख्नका लागी परिवार नियोजन सम्बन्धि सचेतना सहित ५ बर्षे र १२ बर्षे ईम्प्लान्ट र आयुसिडि राख्नका लागी सेटलाईट क्याम्प गरिएको थियो । जसमा १२ जनाले ५ बर्षे जन्मान्तरका लागी ईम्प्लान्ट राखेका अहेव यादवले लिड न्युज नेपाललाई बताए ।