सिद्धार्थ बैंक लालबन्दी शाखाले डिम जनता माबिलाई दियो पानी टयांकी

634
Friendship Mobile

सिद्धार्थ बैंकको १८ औं स्थापना दिवशको अवसरमा लालबन्दी स्थिति सिद्धार्थ बैंकले शुक्रवार पानी ट्यांकी हस्तान्तरण गरेको छ ।

सर्लाहीको लालबन्दी नगरपालीका १६ मा रहेको डिम जनता माविमा पुगि बैंकका साखा प्रबन्धक बिष्णु प्रसाद शर्माले दुई हजार लिटर क्षमताको पानी ट्यांकी हस्तान्तरण गर्नु भएको हो । आफ्नो सेवा क्षेत्रभित्र रहेको पानीको समस्या भैरहेको बिद्यालयमा शुद्ध खानेपानी ब्यबस्थापनमा सहयोग गर्न पाउँदा बैंक आभारी रहेको शर्माले बताउनु भयो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर गौतम लगायतको उपस्थितिमा ट्यांकी हस्तान्तरण गरिएको बैकका सहायक प्रवन्धक सुवास कुमार पाण्डेले जानकारी दिनु भयो ।

ट्यांकी हस्तान्तरणका लागि आफ्नो बिधालय छनौट गरेकोमा अध्यक्ष गौतमले बैंकलाई धन्यवाद दिनुभएको थियो ।