माईतीघर..!

529
Friendship Mobile

कमरेड
तपाईलाई पनि स्वागत छ !

म माईतीघर
स्वयम् बोलिरहेछु
केही प्रश्नहरु छन् म संग सोधौ?

मेरो काखमा बसेर
सोधीएका अनेकन्
प्रश्नहरु जो अनुत्तरित छन
तपाईसंग तिनिहरुको जवाफ छ?

अलि अस्ति
महिलाहरु आउनुभो
अधिकार खोज्नुभो।
अस्ति मात्रै केही मान्छेहरु आउनुभो
राजा खोज्दै,
हिजो मात्रै त हो किसानहरु
मेरै काखमा रोएका
अहिले तपाईं बसेको ठाउँमा
जुन चिसो सतह छ नि
हो त्यो उनिहरुको आँसुले भिजेको हो
रातभर उनिहरु आकाश हेरेर रोइरहेथे,
हजुरको नाम पुकार्दै थिए।

केहिदिन अगाडि केही
अपाङ्ग ब्यक्तिहरु आउनुभएको थियो
भन्दैहुनुहुन्थ्यो रगत पिउनेहरुले
प्यासिलाई पानी पिलाउँदैनन् रछ।
सायद ती जनयुद्दका घाईते योद्दाहरु थिए होला।

अहिले मेरो छातिमा बुर्कुसी मार्दै
नाँचिरहेछन केही मान्छेहरु
तपाईले देख्नुभो?
ए साँची तपाईंलाई त्यो देख्ने छुट कहाँ छ र?
उहाँहरु पक्कै सहिद हुनुपर्छ।
एक लट सम्झिनुस है सहिदहरुलाई..

उहाँहरु सबै एकै आवाजमा
चिच्याईरहनुभएको छ
सुन्नुस त

उत्तर दिन नबोल्ने आवाजहरुलाई प्रश्न सोध्ने अधिकार कस्ले दियो..?
जहाँ हुँदा तपाईले हाम्रो आवाज सुन्नुभएन,त्येहा हुनेले तपाईको आवाज कसरी सुन्छ्न् ?
त्यो ठाउँ जहा सरकार बस्छ
त्येहा त अन्धकार छ रे हैन ?
आवाज पुग्दैनरे हैन ?

  • कृष्ण खड्का