रौतहटमा ट्राफिक चेतनाको कमिका कारण दुर्घटना बढ्यो

358
Friendship Mobile

रौतहट जिल्लामा जनचेतनाको कमिका कारण ट्राफिक ब्यवस्थापनमा समस्या देखिएको जिल्ला ट्राफिक प्रहरि कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरि निरिक्षक (ईन्स्पेक्टर) शैलेस न्यौपानेले बताउनुभएको छ ।

बिना हेल्मेट मोटरसाईकल चलाउने, मादक पदार्थ सेवन गरि सवारि चलाउने, जेब्रा क्रसिङ लगाएतका ट्राफिक नियमको पालनमा चेतनाको कमि देखिएको ईन्स्पेक्टर न्यौपानेको भनाई छ । उहाँले जिल्लाका दक्षिणी भेगहरुमा बिना हेल्मेट तथा मापसे गरि सवारि चलाउनेको संख्या बढि रहेको बताउनुभएको छ ।

ट्राफिक प्रहरिले आफ्नो अधिकार क्षेत्रभित्र रहेर सडक र सवारिको बिषयमा कार्यक्रमहरु तथा सवारि चेकिङ लगाएतका कामहरु गरिरहेको जिकिर गर्दै ईन्स्पेक्टर न्यौपानेले यस्ता कुरामा स्थानिय निकायले पनी चासो र ध्यान दिनुपर्ने बताउनुभयो । जिल्लामा सडकमा निर्माण सामाग्री राख्ने, ठेला गाडा राख्ने लगाएतका कारण पनी दुर्घटनाको जोखिम रहेको छ । सडक किनारामा नाला निर्माण, सडक बिस्तार लगाएतका कामहरु सुरु गरेर बिचमै छोड्ने प्रबृत्तीका कारण पनी सवारि आवागमन तथा यात्रुलाई सास्ति हुने गरेको छ ।

यात्रु तथा स्थानियको बुझाईमा ट्राफिक प्रहरिले नै यस्ता मुद्दा हेर्नुपर्ने जस्तो बुझाई रहेकोले यस्ता कुरामा ट्राफिक प्रहरिले चाहेर पनी केहि गर्न नसक्ने बताउँदै ईन्स्पेक्टर न्यौपानेले सडक बिभाग, नगरपालीका तथा सम्बन्धित निकायले नै चासो राख्नुपर्ने बताउनुभयो ।

अर्को एक प्रसंगमा बोल्दै ईन्स्पेन्टर न्यौपानेले हालको अवस्थामा भारतिय नम्बर प्लेट सडकमा गुड्नै नपाउने बताउनुभयो । अहिले भन्सार बन्द रहेको र भन्सार चलान काटेपछि १ महिनाका लागी मात्रै नेपालमा चलाउने अनुमती भएका भारतीय नम्बर प्लेटका सवारिलाई ट्राफिक प्रहरिले कारवाहि गर्ने न्यौपानेको दाबि छ ।

जिल्लामा ट्राफिक ब्यबस्थापनका लागी ट्राफिक प्रहरिले प्रहरि तथा शिबिल प्रहरि सँग सहकार्य गरिरहेको बताउँदै ईन्स्पेक्टर न्यौपानेले चपुर गौर सडकमा निर्माण ब्यवस्थापन लगाएतका केहि काम चलीरहेका कारण केहि समस्या रहेपनी अन्य समस्या नरहेको दाबि गर्नुभयो । जिल्लामा ट्राफिक प्रहरिको संख्या ४१ जना रहेको छ ।