ओलीले चालेको कदमलाई नसच्याए आन्दोलनको आँधि ल्याउने : मातृका प्रसाद यादव

374
Friendship Mobile

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले प्रदेश नम्बर २ मा विशाल प्रदर्शन गरेका छन् । मंगलबार नेपाल कम्यूनिष्ट पार्टी नेकपाले प्रदेश नम्बर २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा पनि प्रधानमन्त्रीको कदमको विराधमा बृहत प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा प्रचण्ड माधव समूहले रौतहटको सरमुकाम गौरमा विशाल विरोध प्रदर्शन गरेका छन । नेकपाका केन्द्रीय नेता मातृका प्रसाद यादवको नेतृत्वमा रौतहट सदरमुकाम गौरको राइसमिलमा भेला भएका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का नारावाजी गर्दै गौरमा प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक, प्रतिगामी र गणतन्त्र विरोधी कदम चालेको उनीहरुको ठहर छ ।

प्रचण्ड माधव समुहका नेता कार्यकर्ताहरुले संसद विघटन खारेज गरी संसद पुन स्थापना गर्नुपर्ने माग राखेर गौरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी नेकपा नेता कार्यकर्ताहरुले ‘केपी ओली तेरो पाराले दुःख पायो साराले’, पार्टी एकता कायम राख, प्रतिगामी कदम खारेज गर लगायतका नारा लगाएका थिए । नेकपाका नेता मातृका यादव र सत्यनारायण भगतको नेतृत्वमा भएको प्रदर्शनमा हजारौ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रदर्शनपछि गौरको विपी चौकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहेका मातृका यादवले प्रधानमन्त्री ओलीले चालेको कदमलाई नसच्याए आन्दोलनको आँधि ल्याउने चेतावनी दिएका हुन । नेता यादवले प्रधानमन्त्री ओली प्रतिगमनकारीको मुखिया एवं सरदार रहेको बताए । ओली कुनैपनि हालतमा कम्युनिष्ट नभएको र कम्युनिष्टको खोल ओढेर कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा लागेको नेता यादवले आरोप लगाए । ओलीको नेतृत्वमा देश सुम्पिनु नै सबैभन्दा ठूलो भूल भएको बताउदै उनले अहिलेको सरकार संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पर्ने षड्यन्त्रमा लागेकाले संसद पुनस्थापनाको विकल्प नभएको बताए ।


कोणसभसालाई पुर्व उर्जा राज्य मन्त्री सत्यनारायण भगतले पनि सम्बोध गर्दै ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर देशलाई अस्थिरर्ता तर्फ धकेल्ने काम गरेको बताएका छन ।

विरोध प्रदर्शनमा पूर्वसांसदहरु रामकुमार भटराई, सरला यादव, सत्यनारायण भगत, अशोक जयसवाल, युवा नेता युवराज भटराई, शम्भु साह, जिल्ला अध्यक्ष कमल राय यादवलगायत सहभागी थिए ।