रौतहटको धमौरामा प्रहरिले मदिरा सँगै भट्टि नष्ट ग¥यो

474
Friendship Mobile

रौतहटको धमौरामा आज शुक्रवार बिहानै प्रहरिले घरेलु भट्टि तथा अवैध मदिराजन्य पदार्थ नष्ट गरेको छ । जिल्लाको बृन्दावन नगरपालीका ७ धमौरा बस्ने सन्तलाल चौधरिले सञ्चालन गरेको घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको हो ।

गोप्य सुचनाको आधारमा चौधरिले १ तले फुसको कच्चि घरमा सञ्चालन गरेको भट्टि तथा घरेलु मदिरा बनाउन प्रयोग हुने समान तथा तयारि मदिरा तथा कच्चा पदार्थ स्थानियको रोहवरमा नष्ट गरिएको ईलाका प्रहरि कार्यालय गरुडाले जनाएको छ ।

भट्टि सञ्चालक चौधरि भने फरार भएका छन । उनको भट्टिबाट प्रहरिले मदिरा उत्पादनमा प्रयोग हुने समान, मदिरा राख्न प्रयोग गरिने ६ वटा प्लाष्टिक ड्रम, तयारि २० लिटर मदिरा तथा अन्दाजी तिन हजार लिटर कच्चा पदार्थ बरामद गरि नष्ट गरेको छ ।

प्रहरिका अनुसार फरार भट्टि सञ्चालक चौधरिको खोजि भईरहेको छ ।