श्रोत नखुलेको ८ लाख नेपाली रुपैँया गौर भन्सार कार्यालयमा बुझाईयो

205
Friendship Mobile

श्रोत नखुलेको आठ लाख रुपैँया सहित पक्राउ परेका बाराका धिरेन्द्र साहलाई प्रहरिले मंगलवार जिल्ला अदालतमा पेश गरेको छ ।

सोमवार दिउँसो रौतहटको ईलाका प्रहरि कार्यालय मौलापुरबाट खटिएको टोलीले मौलापुरको वडा नम्बर ५ मा सवारि चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेका साह अवैध रकम सहित पक्राउ परेका हुन । साहले चलाएर आएको प्रदेश –१–०२०४२ प २००० नम्बरको सुपरस्पेण्डर मोटरसाईकल रोकि झोला चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको नेपाली ८ लाख रुपैँया फेला परेको थियो ।

बाराको सिम्रौनगढ नगरपालीका १ खजानीटोल बस्ने लक्ष्मण शाहका १७ बर्षिय छोरा धिरेन्द्रलाई नियन्त्रणमा लिई बरामद रकम मंगलवार गौर भन्सार कार्यालय गौरमा बुझाईएको गरिएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।