जिल्ला प्रहरि कार्यालय रौतहट मातहतका प्रहरिलाई प्रहरि नायव महानिरिक्षक धिरज प्रताप सिंहको यस्तो निर्देशन

370
Friendship Mobile

रौतहट प्रहरिले बिहिवार जिल्लाको शान्ति सुरक्षा, प्रहरि आचरण तथा ब्यवहारमा सुधार लगाएका बिषयमा निर्देशन पाएको छ ।

प्रदेश नम्बर २ प्रदेश प्रहरि कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरि नायव महानिरिक्षक धिरज प्रताप सिंहले जिल्ला प्रहरि कार्यालय रौतहट मातहतका सिनियर र जुनियर प्रहरि अधिकारि तथा युनिट ईन्चार्ज लगाएत ७० जनालाई उक्त निर्देशन दिनुभएको हो । जिल्ला प्रहरि कार्यालय रौतहटको आयोजनामा ईलाका प्रहरि कार्यालय गरुडाको प्रंगणमा भएको एक कार्यक्रमका बिच प्रदेश २ प्रहरि प्रमुख एवं प्रहरि नायव महानिरिक्षक सिंहले निरिक्षण तथा सो निर्देशन दिनुभएको ईलाका प्रहरि कार्यालय गरुडाले जनाएको छ ।

कार्यक्रममा जिल्ला प्रहरि कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरि उपरिक्षक सिद्धि बिक्रम साहको समेत उपस्थितीमा कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरि कार्यालय रौतहटले जानकारि दिएको छ ।