ईप्रका गरुडाद्वारा ३३० लिटर घरेलु मदिरा नष्ट

282
Friendship Mobile

ईलाका प्रहरी कार्यालय गरुडा रौतहटले मंगलवार ३३० लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

दिउँसो २ बजे तिर प्रहरिले विभिन्न मितिमा बरामद गरेको २२ ग्यालनको उक्त परिमाणको घरेलुु मदिरा सडक किनारामा पोख्याएर नष्ट गरेको हो । प्रहरिका अनुसार ईलाका प्रशासन कार्यालय गरुडा र गरुडा नगरपालिकाका प्रतिनिधि तथा स्थानीय केही ब्यक्तिहरुको उपस्तिथिमा मदिरा नष्ट गरिएको हो ।

पछिल्लो समय रौतहट प्रहरीले घरेलु मदिरा बरामद र नष्ट गर्ने कार्यलाई तिब्रता दिएको छ ।