फत्तेपुर रौतहटको पसल चोरिमा संलग्न २ जलहियाबाट पक्राउ

494
Friendship Mobile

रौतहटको कटहरियामा पसल फुटाई चोरी गर्ने २ जना पक्राउ परेका छन । रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर ६ फत्तेपुर टोल बस्ने प्रकाश सहनी र सुरेश सहनीले सञ्चालन गरेको काठको टहरो पसल फोरी चोरी भएको थियो ।

किराना पसलमा भएको नगद र पसलको समानहरु चोरी गरी फरार भएको खबर पाएपछि उनीहरुको खोज तलासको लागि खटेको प्रहरी टोलीले सोमबार अन्दाजी १० बजे जलहिया चोकमा चारीमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुको साथबाट चोरी गरेको नगद र पसलको समान फेला परेको र पक्राउ गरी रौतहट जिल्ला अदालतबाट दिन ३ को म्याद थप गरी ईलाका प्रहरी कार्यालय गरुडा रौतहटको न्यायीक हिरासतमा राखी अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।