मलंगवामा दशौँ हजार कार्यकर्ताबिच नेकपा ओली समुहको कार्यकर्ता भेला सम्पन्न

428
Friendship Mobile

सर्लाहीको सदरमुकाम मलङ्ग्वामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओलि गुटले हजारौँको उपस्थितीमा बृहत कार्यकर्ता भेला गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यता तथा नेकपाका केन्द्रिय सदस्य राजनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहको समेत उपस्थित रहेको थियो ।

मलङ्ग्वाको तीन बिघी मैदानमा दशौं हजारको संख्यामा उपस्थित रहेका नेता तथा कार्यकर्ताहरुलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, सहरी बिकास मन्त्री प्रभु साह र पुर्व मन्त्री रघुबिर महासेठ लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।