लालबन्दी नगरपालिकाको वडा नम्बर १४ द्वारा वडाका जेष्ठ नागरिकलाई फाईबर सिरक र हर्लिक्स सहित सम्मान

710
Friendship Mobile

सर्लाहिको लालबन्दी नगरपालिका वडा नम्बर १४ ले आफ्नो वडा भित्रका ११७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालयले शुक्रबार र शनिबार वडा भित्रका ७० बर्ष उमेर माथिका जेष्ठ नागरिकलाई फाईबर सिरक एक/एकथान, आधा लिटरको हर्लिक्स सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

शुक्रवार वडाध्यक्ष सुवाईसिङ भ्लोन, वडा सचिव हस्त रेग्मी मगर सहित वडा सदस्यहरु, वडाका कर्मचारीहरु तथा स्थानीय बुद्धिजीवी, भद्रभलाद्मीको उपस्थितिमा ६७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । उनिहरुलाई वडाभित्र पर्ने मोटरदोभानमा एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।

त्यसैगरी शनिबार वडाको सत्रकट्ठा र डाईनीखोलाका ५० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा सचिव रेग्मिले जानकारी दिनुभयो । वडा कार्यालयले कठ्याङ्ग्रीँदो जाडोबाट राहत पुगोस् भन्ने हेतुले राहतका सामग्री बितरण गरेको हो ।