चक्रघट्टाको घटनामा कांग्रेसले राजनीतिक रिसिवी साँध्यो : नेकपा सर्लाही


सर्लाहिको चक्रघट्टा गाउँपालिकामा गएको पुस २६ गत्ते कांग्रेसले गरेको अराजनीतिक कृयाकलाप तथा अभद्र व्यबहार प्रती नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा जिल्ला कमिटी सर्लाहीका अध्यक्ष रेवती पन्तद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्ति मार्फत पार्टीले नेपाली कांग्रेसको एक समुहले गाउँपालिका कार्यालयमा प्रवेश गरि अभद्र व्यबहार प्रदर्शन गर्दै भौतिक सामाग्रीहरु तोडफोड गरेको घटनाप्रती नेपाल नेकपा सर्लाही जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
साथै सो समुहले गाउँपालिका अध्यक्ष बिक्रम यादवको कार्यकक्षमा प्रवेश गरि पालिकाको बैठक पुस्तिका, CCTV, Monitor, विभिन्न विद्युतीय उपकरण तोडफोड तथा लुटपाट संगै पालिकाको मोटरसाईकल, गाडी तोडफोड एवं सेवाग्राहीलाई अभद्र व्यबहार गरेको भन्दै नेपाली कांग्रेसले सामाजिक द्वेष र अराजकता निम्त्याउन घृणित खेल खेलेको नेकपा सर्लाहीको आरोप छ । साथै झुटो प्रपंच रचेर कांग्रेसले घटनालाई राजनैतिक रिसिवी साँध्ने काम गरेको भन्दै नेकपाले घटनाको सत्यतथ्य जाँच गरि दोषिलाई कानुनी कठ्घेरामा ल्याउन स्थानीय प्रशासनलाई अपिल समेत गरेको छ ।