चन्द्रनगर गाउँपालीकामा सांसद महतोले गरे झोलुंगे पुलको शिलान्यास

475
Friendship Mobile

सर्लाहीको चन्द्रनगरमा मंगलवार प्रदेश सांसद उपेन्द्र महतोले झोलुंगे पुलको शिलान्यास गर्नुभएको छ । चन्द्रनगर गाउँपालिकामा ३९ लाखको लागतमा निर्माण हुने झुलुगें पुलको सांसद महतोले शिलान्यास गर्नुभएको हो ।

क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य महतोको पहलमा वडा नं. २ गेरुका खोलामा झुलुगें पुल निर्माण हुने भएपछि त्यस क्षेत्रका स्थानिय खुसि भएका छन । चमरवागाछी घाटमा पुल नहुँदा गाउँपालिकाकै एक अर्को गाउँ तथा वडामा आवत जावत गर्न समस्या हुने गरेको छ ।

पुल निर्माण पश्चात किसान तथा चन्द्रनगरका स्थानियलाई आवतजावतमा सहज हुने स्थानिय समाजसेवी युवा भाग्यनारायण गुप्ताले जानकारी दिए ।

पुलको शिलान्यास कार्यक्रमा चन्द्रनगर गाउँपालिका प्रमुख महेन्द्र महतो, गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्ष, गाउँपालीकाका कर्मचारि लगायत स्थानियहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।