चन्द्रनगर : स्थानिय युवाको पहलमा दौँतरि नेपालले न्यानो कम्बल दिएपछि नाढिटोलका ९० परिवार खुसि

535
Friendship Mobile

मध्य माघको बेला मध्यतराईका जिल्लामा बाक्लो हुस्सु, शितलहर तथा चिसो हावाले जनजीवन अध्यधिक प्रभावीत भईरहेको छ । यो बेला दैनिक ज्याला मजदुरि गरेर जीवन निर्वाह गर्ने बिपन्न तथा गरिव परिवारलाई अत्यधिक समस्या भईरहेको छ ।

मुटु कठ्यांग्रीने चिसोले यस बर्ष पनी प्रदेश २ अन्तर्गतका मध्य तराईका जिल्लाहरुमा करिव ५ जनाको ज्यान गईसकेको छ । अत्यधिक चिसोले जिवन बिताउन समस्या भईरहेका बेला चन्द्रनगर गाउँपालीकाका केहि जागरुक युवाको सक्रिएतामा पालीकाका ९० परिवारलाई न्यानो कम्बल बितरण गरिएको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालीका वडा नम्बर ७ नाढीटोलका ९० बिपन्न परिवारले न्यानो कम्बल पाएका हुन । स्थानिय समाजसेवि युवाहरु शिवनाथ राउत, भाग्य नारायण गुप्ता र सन्तोष पुरवेको बिशेष पहलमा दौँतरि नेपाल काठमाण्डौँले त्यहाँका बिपन्न परिवारका लागी न्यानो कम्बल बितरण गरेको हो ।

जाडो रात कटाउन समस्या भोगीरहेका बिपन्न दलित परिवार न्यानो कम्बल पाएपाछि राहत महसुस गरेका छन भने खुसि हुँदै स्थानिय समाजसेवि युवाहरुलाई धन्यवाद ब्यक्त गरेका छन ।