हरिवन नगरपालिकामा ल्होछारको दुई दिन बिदा

365
Friendship Mobile

तामाङ समुदायको सोनाम ल्होछार पर्वको अवसरमा हरिवन नगरपालिका कार्यालयले दुई दिन सार्बजनिक बिदा दिएको छ ।

समुदायले माघ ३० गते मुसा वर्षलाई बिदाई गर्दै गाई वर्षलाई स्वागत गर्ने २८५७ औं सोनाम ल्होछार पर्व मनाउँदै छन् । सोही पर्वका अवसरमा हरिवन नगरपालिकाले माघ २९ र ३० गते दुई दिन सार्बजनिक बिदा दिएको हो ।

यसअघि नेपाल तामाङ घेदुङ हरिवनले माघ २९, ३० र फागुन १ गते गरी तीन दिन सार्बजनिक बिदा दिन नगरपालिकालाई लिखित आग्रह गरेको थियो । संघीय सरकारले पनि ल्होछारकै अवसरमार देशभरी माघ ३० गते सार्बजनिक बिदा दिईसकेको छ ।