२०८३ कार्तिक १४ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक १४ शुक्रबार

नेकपा नेतृ झाँक्रीलाई पक्राउ गर्न सर्लाहीका सीडीओलाई ज्ञापन पत्र

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध अखिल नेपाल महिला संघमा आवद्ध महिलाहरुले नेकपा नेतृ एवं विघटित संघीय सांसद् रामकुमारी झाँक्रीलाई अविलम्ब पक्राउ गरी कानूनी कठघेरामा उभ्याउन माग गरेका छन् ।

बुधबार सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन–पत्र बुझाउँदै अनेमसंघमा आवद्ध महिलाहरुको समूहले त्यस्तो माग गरेको हो ।

२०७७ माघ १६ गते गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा भएको एक कार्यक्रममा राष्ट्रकै प्रमुख राष्ट्रपति विद्यादेवि भण्डारी विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई तत्काल पक्राउ गरी कानून बमोजिम हदैसम्मको सजाय गर्न ज्ञापन–पत्रमा जोडदार माग गरिएको छ ।

अनेमसंघका नेतृहरुले प्रमाणको रुपमा भन्दै प्रजिअ पौडलललाई ज्ञापन–पत्र सँगै नेतृ झाँक्रीले बोलेको भिडियो क्लिप समेत बुझाएका छन् । अनेमसंघ केन्द्रीय सदस्य तारादेवी सुबेदीको हस्ताक्षर रहेको ज्ञापन–पत्र प्रजिअ पौडेललाई उनकै कार्यकक्षमा बुझाउन सुबेदी सहित पार्वती विश्वकर्मा, सीता थापा लगायत आधा दर्जन महिला नेतृहरुको उपस्थिती रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।