सनातन संस्कृति समाज नेपाल पर्साको आमसभा सम्पन

558
Friendship Mobile
  • पवन प्रसाद साह

सनातन संस्कृति समाज नेपाल पर्साको आमसभा शनिवार सम्पन्न भएको छ । समाजको जिल्ला अध्यक्ष शम्भु प्रसाद चौरसियोको सभापतीत्वमा मा सभा सम्पन्न भएको हो ।

सभामा केन्द्रिय सह–अध्यक्ष तारानाथ लुईंटेल, बरिष्ठ अधिवक्ता तथा केन्द्रिय बरिष्ट उपाध्यक्ष बिष्णु भट्टराई, महामन्त्री पुष्प पराजुली, केन्द्रीय सदस्य राज कृष्ण अमात्य, राप्रपा पर्साका अध्यक्ष अंगद ठाकुर, केन्द्रीय सदस्य गया हजरा, चन्द्रिका सहनी, उदित सहनी लगायतको उपस्थिती रहेको थियो ।

सनातन संस्कृति समाज नेपालको केन्द्रीय पदाधिकारीहरुले हिन्दुराष्ट्र र राजसंस्था बिना देश अगाड़ी बढ़न नसक्ने र सम्पूर्ण सनातनी हिंदुहरु एक ढिक्का हुनु पर्ने बताएका थिए ।

सभामा हिन्दू युवा संघका अध्यक्ष स्वः काशी तिवारीकी धर्म पत्नी बबिता तिवारीलाई दोसल्ल ओढाई सम्मान गरेको थियो भने कार्यक्रमको सहजिकरण अजय पौडेलले गरेका थिए ।