हरिवनमा फागुन १७ र १८ गते डोरीतान प्रतियोगीता हुने

274
Friendship Mobile
  • राज बिश्वकर्मा

सर्लाहीको हरिवनमा प्रदेश २ स्तरीय खुल्ला आमन्त्रीत डोरीतान प्रतियोगीता हुने भएको छ । नेपाल डोरीतान संघ प्रदेश नं. २ को आयोजनामा प्रदेश स्तरीय खुल्ला आमन्त्रीत डोरीतान प्रतियोगीता आयोजना हुन लागेको आयोजकले बताएको छ ।

शनिवार हरिवन नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नेपाल डोरीतान संघ प्रदेश नं. २ का अध्यक्ष प्रभुनारायण शिवाकोटीले प्रतियोगीताको बारेमा जानकारि गराएका हुन । प्रतियोगीता यहि फागुन १७ र १८ गते हुने छ ।

प्रदेश २ का ८ वटै जिल्लाका १/१ टिम, नेपाल राष्ट्रिय भूतपुर्व सैनिक संघबाट एक टिमका साथै अन्य ५ टिम गरि १४ टिमको सहभागीता हुने प्रतियोगीतामा ९ लाख ३१ हजार खर्च हुने बताईएको छ ।

डोरीतान खेल तीन चरणको हुने भएपनि संघको आयोजनामा हुन लागेको खेलमा ८ जना खेलाडीको ६ सय के.जी. तौल हुनु पर्ने खेलको नियम रहेको संघले जनाएको छ । फागुन १० गतेसम्म आफ्नो टिम दर्ता गर्न सकिने प्रतियोगीतामा प्रथक हुने टिमलाई रु ३० हजार, मेडल, प्रमाण पत्र र ट्रफि र द्धितिय हुनेटिमलाई रु २० हजार मेडल, प्रमाण पत्र र ट्रफि प्रदान गरिने आयोजकले बताएको छ ।

हरिवन नगरपाकिला ११ को सुर्ति विकास खेल मैदानमा हुने प्रतियोगीता सञ्चालनको लागि हरिवन नगरपालिका लगायत छिमेकी स्थानिय निकायले सहयोग गर्ने आश्वासन दिएका अध्यक्ष शिवाकोटीले जानकारी दिए ।