लालबन्दी नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिका घोषित

404
Friendship Mobile

देशभरिका नगरपालिकाहरुको विभिन्न योजना तथा विकास निर्माणमा लगानी गर्दै आएको ‘नगर विकास कोष’ले आफ्नो ३३ औँ वार्षिकोत्सवको अवशरमा सर्लाहीको लालबन्दी नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गर्दै सम्मान गरेको छ । कोषको लगानीमा निर्माण भएका देशभरिका आयोजनाहरु मध्ये लालबन्दी नगरलाई सफल कार्यान्वयन तथा व्यवस्थापन गर्ने उत्कृष्ट नगरपालिका घोषणा गरि कदर- पत्र सहित रु.१ लाख नगद पुरस्कार सहित सम्मान गरेको छ ।

कोषद्वारा कार्यक्रममा नगर प्रमुख मान बहादुर खड्का सहित लेखा अधिकृत नेत्र बहादुर पाख्रिन, इन्जीनियर रोशन कुमार पण्डित समेतलाई आमन्त्रण गरि सम्मान गरेको हो ।

शहरी विकास मन्त्री प्रभू साहबाट सम्मान पाएको नगरपालिकाले कोषको लगानीमा डुमडुमे मन्दिर नजिक ६ तल्ले ब्यवसायिक भवन निर्माण गरिरहेको छ भने अघिल्ला आर्थिक बर्षहरुमा समेत बिभिन्न निर्माण कार्यहरु गरेको थियो ।