देशभरिका नगरपालिकाहरुको विभिन्न योजना तथा विकास निर्माणमा लगानी गर्दै आएको ‘नगर विकास कोष’ले आफ्नो ३३ औँ वार्षिकोत्सवको अवशरमा सर्लाहीको लालबन्दी नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गर्दै सम्मान गरेको छ । कोषको लगानीमा निर्माण भएका देशभरिका आयोजनाहरु मध्ये लालबन्दी नगरलाई सफल कार्यान्वयन तथा व्यवस्थापन गर्ने उत्कृष्ट नगरपालिका घोषणा गरि कदर- पत्र सहित रु.१ लाख नगद पुरस्कार सहित सम्मान गरेको छ ।

कोषद्वारा कार्यक्रममा नगर प्रमुख मान बहादुर खड्का सहित लेखा अधिकृत नेत्र बहादुर पाख्रिन, इन्जीनियर रोशन कुमार पण्डित समेतलाई आमन्त्रण गरि सम्मान गरेको हो ।

शहरी विकास मन्त्री प्रभू साहबाट सम्मान पाएको नगरपालिकाले कोषको लगानीमा डुमडुमे मन्दिर नजिक ६ तल्ले ब्यवसायिक भवन निर्माण गरिरहेको छ भने अघिल्ला आर्थिक बर्षहरुमा समेत बिभिन्न निर्माण कार्यहरु गरेको थियो ।











