लालबन्दीमा गणकहरुका लागी ३ दिने तालीम सुरु

334
Friendship Mobile

सर्लाहीको लालबन्दीमा गणकहरुका लागी ३ दिने तालीम सोमबारबाट सुरु भएको छ । लालबन्दी स्थित थकाली होटलमा तालीम सुरु भएको हो ।

खानेपानी सरसफाई तथा स्वच्छता (खासत्व) योजना बिकाश कार्यक्रम अन्तर्गत तथ्यांक संकलकका लागी N-WASH Applications सम्बन्धि ३ दिने तालीमको आयोजना गरिएको हो । युनिसेफको आर्थिक सहयोग, छाया नेपालको प्राबिधिक सहयोग र लालबन्दी नगरपालीकाको सहजिकरणमा लालबन्दी नगरपालीका भरि हुन लागेको सर्वेका लागी तालीमको आयोजना गरिएको युनिसेफको लालबन्दी प्रतिनिधि अजित कुमारले जानकारि दिनुभयो ।

नेपाल सरकारको सबै नेपाली जनतालाई आधारभूत खानेपानी र सरसफाइ सेवा उपलब्ध गराउने राष्ट्रिय लक्ष्य पुर्ति गर्नका लागी देशको ७५३ ओटै स्थानिय तहमा खानेपानी तथा सरसफाई सम्बन्धि सर्वेक्षण गर्दैछ । सोहि लक्ष्य प्राप्तिका लागी सरकारले युनिसेफ तथा छाया नेपाल सँग सहकार्य गरि कार्यक्रम संचालन गर्न लागेको छाया नेपालका एक प्रतिनिधिले बताए ।

लालबन्दी नगरपालीकाका १७ ओटै वडाका एक एक जनालाई सहभागी गराएर तालीम भईरहेको र सहभागीलाई मोबाईल एप्लिकेशनबाट फर्म भर्नका लागी तालीम प्रदान गरिएको बताईएको छ । तालीम पश्चात सहभागीले आफ्नो वडाको खानेपानी तथा सरसफाईका बिषयमा मोबाईल एप मार्फत सर्वेक्षण गर्नेछन ।