अवैध भन्सार छलिका डेढ लाख माथीका समान रौतहट प्रहरिले गौर भन्सारमा बुझायो

219
Friendship Mobile

रौतहट प्रहरिले बुधवार डेढ लाख माथीको अवैध सरसमान तथा मदिराजन्य पदार्थ भन्सार कार्यालयमा बुझाएको छ ।

रौतहट प्रहरि मातहतका ईकाईबाट खटिएका प्रहरि टोलीले बिभिन्न मितिमा भारतवाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको बैसठ्ठी हजार चार सय बराबरको चिनी, अण्डर वेयर, सेण्डो गंजी, सर्फ, सर्ट, खैनी, राजनिवास, धुप लगायतका समान बरामद गरेको थियो ।

त्यस्तै नेपालबाट भन्सार छली चोरी निकासी गरी मोटरसाईकल र साईकलहरुमा लोड गरी सोफी रक्सी, पेट्रोल, डिजेल भारत तर्फ लैजादै गरेको अवस्थामा प्रहरिले बेवारिसे अवस्थामा फेला पारेको थियो । एक लाख एक हजार तिन सय मुल्य बराबरको उक्त समानहरु लैजाँदै गरेका तस्करहरु प्रहरिलाई देखेपछि समान छोडेर फरार भएका थिए ।

ति दुबै एक लाख त्रिसठ्ठी हजार सात सय मुल्य बराबरको मालसमान तथा २ वटा मोटरसाईकल र एउटा साईकल आवश्यक कारवाहीको लागि बुधवार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।