लालबन्दीमा गणकहरुका लागी संचालीत ३ दिने तालीम सक्कियो

292
Friendship Mobile

लालबन्दीमा संचालन भएको खानेपानी, सरसफाई तथा स्वच्छता (खासस्व) बिकाश कार्यक्रमको तथ्यांक संकलकका लागी N-WASH Applications सम्बन्धि ३ दिने तालीमको बुधवार समापन गरिएको छ ।

सर्लाहीको लालबन्दी स्थित थकाली होटल एण्ड रेष्टुरेन्टमा संचालीत ३ दिने तालीमको एक कार्यक्रमका बिच समापन गरिएको हो । युनिसेफ नेपालको आर्थीक सहयोग, छाया नेपालको प्राबिधिक सहयोग र लालबन्दी नगरपालीकाको सहजीकरणमा तालीम संचालन गरिएको हो ।

तालीम पश्चात लालबन्दी नगरपालीकाको खानेपानी तथा सरसफाई सम्बन्धि मोबाईल एप्लिकेशन मार्फत तथ्यांक संकलन गरिने छ ।

तालीममा नगरभित्रका १७ वटै वडाका एक/एक जना सहभागी रहेका थिए ।