नेकपा सर्लाहीका इन्चार्ज स्व. वाग्लेको पुण्यतिथिको बृहत श्रद्धाञ्जली सभा हजारबिगाहमा सम्पन्न (फोटो फिचर)

610
Friendship Mobile

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व. डाचाराज वाग्लेको तेह्रौं पुण्यतिथिको अवसरमा बिहिवार हजारबिगाहमा बृहत श्रद्धाञ्जली सभा गरिएकोे छ ।

हरिपुर नगरपालिका–१, हजारविगाह स्थित पाँचकुमारी मा.वि. परिसरमा नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तको अध्यक्षतामा श्रद्धाञ्जली सभा गरिएको हो । सभामा प्रमुख अतिथिको रुपमा नेकपा अध्यक्षद्वय एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सोही समूहका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल रहेका थिए ।

कार्यक्रममा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य लिलामणि पोखरेल लगायत सर्लाही जिल्ला तथा छिमेकी जिल्ला समेतबाट सांसद, मेयर, उप–मेयर लगाएत अन्य पार्टिका नेता तथा कार्यकर्ताहरु समेतको उपस्थिती रहेको थियो ।

सभामा उपस्थित भएका जसपाका नेता एवं सर्लाहीका चर्चित ब्यक्तित्व महेन्द्र रायको उपस्थिती तथा श्रद्धाञ्जली अर्पणलाई उपस्थित प्रमुख ब्यक्तित्वहरुले स्वागतयोग्य भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा बोल्दै स्व.वाग्ले पत्नि सरस्वती मिश्र वाग्लेले श्रीमान स्वर्गीय वाग्लेको सपना तथा उद्देश्य पुरा गर्न आफु राजनितिमा सक्रिय रुपमा लाग्ने उद्घोष गर्नुभएको थियो ।