बैजुनाथ सुगरमिलमा च्यापिएर रौतहटको गढिमाईका पटेलको ज्यान गयो

220
Friendship Mobile

बैजुनाथ सुगर मिलमा च्यापिएर एक ट्रयाक्टर चालकको मृत्यु भएको छ ।

सर्लाहीको बलरा नगरपालीका ५ फुलवरियामा रहेको मिलको धर्मकाँटाबाट ट्रयाक्टर निकाल्ने क्रममा चालकको मृत्यु भएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका प्रहरि नायव उपरिक्षक एवं सुचना अधिकृत मदन कुवंरले जानकारि दिए ।

मिलको धर्मकाँटाबाट ना२त ६९३४ नम्बरको ट्रयाक्टर निकाल्ने क्रममा रौतहटको गढिमाई नगरपालीका ८ विनगरा बस्ने बर्ष १८ का अवधेश पटेलको स्टेरिङ्गमा च्यापिएर मृत्यु भएको हो ।

घट्नास्थलमै मृत्यु भएका पटेलको शव पोस्टमार्टमका लागी जिल्ला अस्पताल मलंगवा पठाईएको प्रहरिले जनाएको छ ।