भारतीय मिडियासँग डा. भट्टराईले भने ‘नेपाल संकटबाट गुज्रिरहेको छ’

265
Friendship Mobile

स्वास्थ्य परीक्षणका क्रममा भारतको नयाँदिल्लीमा रहेका जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय मिडिया एसियन न्युज इन्टरनेसनल (एएनआई) सँग कुरा गर्दै नेपाल संकटबाट गुज्रिरहेको जनाएका छन् ।

एएनआईले सामाजिक सञ्जाल ट्विटरमा राखेको डा. भट्टराईको प्रतिक्रियामा उल्लेख छ, ‘बहुमतको साथ सरकार गठन गरेको नेपाल कम्युनिस्ट पार्टी लगभग २ गुटमा विभाजित छ, देशको लोकतन्त्रका लागि यो ठीक होइन ।’

.स्थिरता, आर्थिक विकास र भारत–नेपाल सम्बन्ध राम्रो भएको सुनिश्चित गर्न नेपालका सबै पक्षहरूसँग कुरा गर्ने डा. भट्टराईले एएनआईलाई बताएका छन् ।

क्यान्सरको आशंकामा परीक्षणका लागि नयाँदिल्ली गएका डा. भट्टराई क्यान्सर नदेखिएपछि मंगलवार स्वदेश फर्किंदैछन् ।