चन्द्रनगर गाउँपालीका सार्न लागेको भन्दै स्थानिय बिरोधमा, अवस्था तनावग्रस्त

833
Friendship Mobile

सर्लाहीको चन्द्रनगरमा गाउँपालीका सारेको भन्ने विवादमा तनावको स्थिती सिर्जना भएको छ । गाउँपालीका अध्यक्ष महेन्द्र महतोले आफ्नो पक्षको मान्छेहरु लगाएर रातारात पालीकाको कागजात सारेको भन्दै स्थानियले गाउँपालीका घेराउ गर्दै तालाबन्दी तथा नारावाजी गरेका हुन ।

शुक्रवार बिहान शिक्षा शाखाको कागजात सारेको भन्दै स्थानियले बिरोध गर्दै कार्यालय घेराउ, तालाबन्दी तथा नारावाजि गरेका हुन । वडा नं. ६ र ७ मा पर्ने नाढीमन ताल परिसरमा रहेको गाउँपालीकाको कार्यालय अध्यक्ष महतोले वडा नं. २  बबरगंग सार्न लागेको स्थानियको आरोप छ । करिव १००० भन्दा बढिको संख्यामा उपस्थित भएका स्थानियले राजेन्द्र महतो, उपेन्द्र महतो तथा महेन्द्र महतोको बलजफ्तीले आफ्नै गाउँमा कार्यालय सार्न लागेको आरोप लगाएका छन ।

यता गाउँपालीका अध्यक्ष महेन्द्र महतोले भने कागजात सारेको भन्ने कुरा झुटो आरोप मात्र भएको बताएका छन । लिड न्युज सँगको कुराकानीमा अध्यक्ष महतोले भोली शनिवार बिशेष परिषद रहेको कारणले बिरोधिले राजनिति गरेर अभद्र ब्यवहार देखाएको आरोप लगाए ।

अध्यक्ष महतोले कसैले भनेको भरमा कार्यालय सार्न नमिल्ने भन्दै परिषमा दुई तिहाई बहुमतले पारित गरेको खण्डमा प्रदेश तथा केन्द्रको निर्देशनमा मात्रै कार्यालय सार्न मिल्ने बताए । ७ वटा वडा रहेको पालीकामा सबैलाई बिचमा पर्ने गरि कार्यालय सार्ने कुरा चलिरहेको भएपनी त्यसो नगरिएको बताए ।

शुक्रवार दिउँसो गाउँपालीका कार्यालय परिषरमा विवाद भएपछि नेपाल प्रहरि, शसस्त्र तथा जनपथ प्रहरि बाक्लो रुपमा परिचालन गरिएको छ । विवादका बिच अश्रु ग्यास प्रहार गरि प्रहरिले स्थिती नियन्त्रणमा लिने प्रयास गरेको तथा गाउँपालीका अध्यक्ष महतोको स्वकिय सचिव राम कैलास साहलाई प्रहरिले लिएर गएको बताईएको छ । उनलाई प्रदर्शनकारिले घेरेर राखेका थिए ।


यता गाउँपालीका अध्यक्ष महतोले आफु खाना खाएर कार्यालय जान खोजेपनि तनावपुर्ण अवस्थाका कारण बिच बाटो मै रोकिएको बताए ।