चन्द्रनगरका समाजसेवी राउतलाई प्रदेश सांसद महतोले दिए अपाङ्ग मैत्री स्कूटर

496
Friendship Mobile

चन्द्रनगरका स्थानिय बालबालीकालाई निशुल्क ट्युसन पढाएर तथा कापि कलम जुटाएर चर्चामा आएका शिवनाथ राउतलाई सांसदले अपांगमैत्री स्कुटर प्रदान गरेका छन ।

सर्लाहीको चन्द्रनगर गाउँपालीका २ बस्ने शिवनाथ राउत जो शारिरिक रुपमा अशक्त छन्, उनलाई प्रदेश सांसद उपेन्द्र महतोले अपांगमैत्री स्कुटर प्रदान गरेका हुन । हिँडडुल गर्न समस्या हुने गरेका राउतलाई सांसद महतोले स्कुटर दिएपछि उनको दैनिकी सहज हुने भएको छ ।

समाजसेवी राउतको जन्मदिनमा सांसद महतोले गरेको प्रतिबद्धता अनुसार उनले स्कुटर पाएका हुन । राउतको समाज सेवा प्रतिको लगाव र लौरोको सहारामा विभिन्न ठाउँमा जादाँ आउँदा पर्ने अप्ठ्यारोलाई केहि हद सम्म कम गर्न आफुले समाजसेवी राउतलाई अपाङ्ग मैत्री स्कूटर प्रदान गरेको प्रदेश सभा सदस्य महतोले बताए ।

अंग्रेजीमा स्नातक गरेका शिवनाथ गाउँकै सरकारी स्कुलमा गणित र अंग्रेजी पढाउँछन् । उनी निजी स्रोतबाट नियुक्त प्राथमिक तहका शिक्षक हुन् । यसबाहेक अपांगता भएका, दलित तथा विपन्न बालबालिकासम्म शिक्षाको पहुँच पुर्याउन पनि राउत केहि वर्षदेखि खटिरहेका छन् ।

राउतको सामाजिक काम अरूलाई सहारा बनेको छ भने उनको शरीरलाई सहारा लठ्ठीले दिने गरेको छ । उनको दायाँ खुट्टा प्यारालाइसिस भएकाले हिँडडुल गर्न लठ्ठी चाहिन्छ नै । तर पनि उनि समजसेवामा अग्रसर रहँदै आएका छन ।

गएको माघ १ गते राउतको जन्मदिनको अवसरमा सांसद महतोले अपाङ्ग मैत्री स्कूटर दिने प्रतिबद्धता गरेका थिए ।