श्रीमतीले कुट्दा ६० बर्षिय श्रीमानको अण्डकोष फुट्यो

385
Friendship Mobile

सर्लाहीको ईश्वरपुरमा श्रीमान श्रीमती बिचको झगडामा श्रीमान गम्भिर घाईते भएका छन ।

ईश्वरपुर नगरपालीका वडा नम्बर १५ मुिस्लमटोल बस्ने ६० बर्षिय श्रीमान जोगी साह र श्रीमती ४५ बर्षिय निमकलि देवि साह बिच अंशबन्डाको बिषयमा बिवाद भएको थियो । बिवादका बिच श्रीमतीको कुटाईबाट श्रीमानको अण्डकोष फुटेको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।

शनिवार दिउँसो करिव पौने ३ बजे घट्ना भएको र घाईते जोगी साहलाई उपचारका लागी जनकपुर पठाईएको छ ।

श्रीमतीलाई भने प्रहरिले नियन्त्रणमा लिएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका सुचना अधिकृत प्रहरि नायव उपरिक्षक मदन कुंवरले जानकारि दिए ।