अनटेस्ट ट्रयाक्टरको ठक्करबाट हरिवनका २ जना गम्भिर घाईते

579
Friendship Mobile

बिहिवार दिउँसो अनटेस्ट ट्रयाक्टरको ठक्करबाट हरिवन ७ बस्ने बिजय पटेल र राम दरेस राय मध्यम घाईते भएका छन ।

करिव साँडे ३ बजेको समयमा सर्लाहीको कबिलासि नगरपालीका १० सलेमपुर स्थित नवलपुर मलंगवा सडक खण्डमा मलंगवा तर्फ जाँदै गरेको अनटेस्ट ट्रयाक्टरले बिपरित दिशाबाट आउँदै गरेको नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । ट्रयाक्टरको ठक्करबाट मोटरसाईकल चालक अन्दाजी ३५ बर्षका पटेलको टाउको र मुखमा चोट लागेको छ भने रायको दाहिने खुट्टाको तिघ्रामा चोट लागेको छ ।

उनिहरुलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार पश्चात थप उपचारका लागी बिएनबि हस्पिटल काठमाण्डौँ रेफर गरिएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका सुचना अधिकृत प्रहरि नायव उपरिक्षक मदन कुंवरले जानकारि दिनुभएको छ ।

ट्रयाक्टर, चालक र मोटरसाईकल प्रहरिको नियन्त्रणमा रहेका छन ।