यसरी थाहा पाउनुहाेस्, मन पर्ने रंगबाट व्यक्तिगत स्वभाव

453
Friendship Mobile

रंगको छनौटले पनि थाहा हुन सक्छ तपाईँको स्वभाव, बानी व्यहोरा । ज्योतिष शास्त्रका अनुसार जस्तो हाम्रो स्वभाव छ हामीलाई त्यस्तै रंग मनपर्ने गर्छ ।

रंग र ग्रहकोबीचमा गहिरो सम्बन्ध हुने गर्छ । ग्रहको दोषबाट मुक्ति पाउनको लागि फरक–फरक रंगका वस्तुहरु लगाउनु पर्दछ । हाम्रो कुण्डलीमा जुन ग्रह अधिक हाबी भएको हुन्छ हाम्रो स्वभाव र मनपर्ने कुराहरु पनि त्यसबाट नै निर्धारण हुन्छ ।

जान्नुहोस् कुनैपनि व्यक्तिको रंगसँग सम्बन्धित व्यक्तिगत स्वभाव कस्तो हुन्छ :

  • गुलाबी रंग

जसलाई गुलाबी रंग मन पर्छ ऊ जीवनप्रति अति भावुक हुने गर्दछ । धेरै साथी हुने र साथीहरुको ख्याल राख्ने प्रकृतिका हुन्छन् । यस्ता व्यत्तिहरुले पनि साथीहरुबाट प्रसस्त माया प्राप्त गर्छन् । यस्ता व्यक्ती रोमान्टिक हुने र अरुको खराब बानीलाई बेवास्ता गर्ने, कहिलेकहीँ अति लजालु, सुन्दरताप्रति चाँडै आर्कषित हुने हुन्छन् । हिंसा मननपर्ने र शान्तिपूर्ण तरिकाले वादविवाद गर्न मनपराउँछन् ।

  • हरियो रंग

जसलाई हरियो रंग मन पर्छ उनीहरु डाउन टू अर्थ स्वभावको हुन्छन् । सफलताको शिखरमा पुगेपनि उनीहरु सामान्य स्वभावका हुन्छन् । यस्ता मानिसहरु अरुको दुख देख्न सक्दैनन् । उनीहरुको वरिपरी कोही दुखी व्यक्ति भएको खण्डमा दुख साटासाट गर्न मन पराउँछन् । लडाईँ झगढा मन नपराउने शान्तिप्रिय हुने गर्दछन् । जसरी हरियो रंगले आँखालाई सुखद महशुुस गराउँछ त्यसैगरी उनीहरु पनि खुशी महशुस गराउने हुन्छन् । यस्ता व्यक्तिहरुले आफ्ना प्रिय व्यक्तिहरुबीच महत्व राख्दछ ।

  • निलो रंग

जसलाई निलो रंग मन पर्छ उनीहरु स्वाभिमानी, विश्वाशिलो हुन्छन् । यदि कसैले विश्वाश तोडेमा फेरी दोहो¥याएर विश्वास गर्दैनन् । विचार पु¥याएरमात्र मित्रता गाँस्दछन् । आफ्नो जिम्मेवारी आफ्नै तरिकाले पुरा गर्ने हुन्छन् ।

  • कालो रंग

जसलाई कालो रंग मन पर्छ उनीहरु रुढीवादी हुन्छन् । चाँडै रिसाउने, परिवर्तन खासै मन नपराउने, अरुबाट सम्मान खोज्ने हुन्छन् । यिनीहरुलाई मानिसहरुसँग निश्चित दुरी बनाउन चाहन्छन् । कसैले आफ्नो काममा हेरफेर गरेको मन पराउँदैनन् । यिनीहरु आफ्नो शक्ति बढाउन मन पराउँछन् । अरुसँग साह्रै नजिक हुन चाहाँदैनन् ।

  • सेतो रंग

सेतो रंग मनपराउने मान्छेहरु दुरदर्शी, आशावादी, कुशल योजनाकार र सफल तर लजालु हुन्छन् । घर परिवार र अन्य क्षेत्रमा सन्तुलन बनाईराख्ने हुन्छन् । कहिलेकाहीँ घमण्ड पनि गर्छन । सेतो रंग शान्तिको प्रतिक भएकाले यस्ता व्यक्तिहरुले शान्ति मन पराउँछन् । नँया व्यक्तिहरु संग चाँडै घुलमिल नहुने, नयाँ ठाँउमा सहज नहुने हुन्छन् ।

  • रातो रंग

रातो रंग मनपराउने व्यक्तिहरु सावधान, प्रेमलाई महत्व दिने राम्रो पे्रमी, आफ्नो काम पुरा जोशका साथ गर्ने जोशिलो र हरेक काम उत्साहका साथ गर्ने उत्साही हुन्छन् । यस्ता मान्छेहरु अरुको स्वभाव चिन्न माहिर हुन्छन् ।

  • बैजनी रंग

बैजनी मन पराउने व्यत्तिहरु दुरदर्शी नाफा घाटाप्रति सचेत रचनात्मक, हरेक काम आफ्नो तरिकाले गर्ने, घर सजावट र ड्रेस डिजाईनमा रुची राख्ने प्रकृतिका हुन्छन् । धेरै जिम्मेवारीसँग डराउने भएकाले कहिले काहि असफल पनि हुन्छन् । अरुको नक्कल नगर्ने र आफ्नो पनि अरुले नक्कल गरेको मन नपराउने एकान्तमा काम गर्न मन पराउने हुन्छन् ।

  • पहेलो रंगल

पहेलो रंग मन पराउने व्यक्तिहरु हसिलो, सकरात्मक सोच भएको, नयाँ विचारका साथ अघि बढेर काममा सफल हुने प्रकृतिका हुन्छन् । अरुलाई सहि मार्ग दर्शन दिने, सधै खुसीहुने हुन्छन् । हरेक चुनौतीमा इमान्दारीका साथ कडा मेहनत गरेर सफलता हात पार्ने स्वभावका हुन्छन् ।

  • खैरो रंग

यो रंग मन पराउने व्यक्तिहरु आर्कषक व्यक्तित्वका, घमण्ड नगर्ने, सबैलाई मित्रवत व्यवहार गर्ने, सहयोगी, भावुक हुन्छन् । अरुको दुख निवारण गर्न खोज्ने, धैर्य परिश्रमी हुन्छन् । कठिन परिस्थितिको सजिलै सामना गर्ने प्रकृतिका हुन्छन् ।